वीरगञ्जका मेयर सरावगीलाई समात्यो कोरोना, भने- चाँडै निको भएर फर्किनेछु


पर्सा : कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी पनि संक्रमित भएका छन् ।

सरावगीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्‍जालमार्फत गरेका छन् । उनले यसको जानकारी आमनगरवासीलाई फेसबुकमार्फत गरेका हुन् ।

उनले आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी गराएका हुन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले चाँडै कोरोना जितेर पुनः काममा फर्कने पनि उल्लेख गरेका छन् ।

‘कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । चाँडै निको भएर काममा फर्किनेछु ।’

प्रकाशित : २०७७ श्रावण १५, बिहीबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ