Breaking- जनकपुर उच्च अदालतको एक न्यायाधीसलाई पनि लाग्यो कोरोना


जनकपुरधाम : प्रदेश २ मा थप एक न्यायाधीशलाई कोरोना समातेको पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एक ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरिएको थियो । स्याब परीक्षण गर्दा ५० वर्षीय न्यायाधीसमा कोरोना पुष्टि भएको अदालत स्रोतले जनाएको छ । रिपोर्ट आएलगत्तै उनलाई आइसोलेसनमा राखिएको छ ।

न्यायाधीसमा कोरोना लागेपछि निश्चित कामकारवाही बाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ