दुर्घटनामा प्रहरी हवल्दारकाे मृत्यु, ठक्कर दिने बस चालक पक्राउ


चितवन : चितवनमा बसको ठक्करबाट १ प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३-०३-००१ प ६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे ।  गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस 

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ