वीरगञ्ज हेल्थ केयरलाई विशेष कोरोना हस्पिटल बनाउने तयारी


पर्सा : वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटल कोरोनाका संक्रमितको उपचार गर्ने हस्पिटल बनाउने तयारी सुरु भएको छ ।

वीरगन्ज क्षेत्रमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेर मृत्यु हुने क्रम रहेपछि हस्पिटलका संचालकले कोरोनाका बिरामीको उपचार गर्न दिने भएका छन् । यो निर्णयले गण्डकमा रहेको गण्डक अस्पताल पछि अर्को गण्डकमा नै रहेको वीरगन्ज हेल्थ केयर अस्पताल कोभिड विशेष अस्पताल बन्ने बाटो खुलेको हो ।

जिल्ला स्थित संकट व्यवस्थापन केन्द्र पर्साले पनि आवश्यक प्रकृया पूरा गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरी पठाएको जनाएको छ । सम्भवतः आज भोलीसम्ममा नै माथिबाट स्वीकृति आउँछ भन्ने अपेक्षा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ