जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको कोरोनाबाट मृत्यु


पर्सा : नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

बिहीबार २ जनाको कोनाको कारण मृत्यु भएकोमा शुक्रबार फेरी अर्को १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।‌शुक्रबार मृत्यु हुने ५६ वर्षीय पुरुष जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत हुन्  ।

उनलाई  भेन्टिलेटरमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख र एकजना न्यायाधीशलाई समेत कोरोना पोजिटिभ देखिएको छ । 

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ