वीरगञ्ज अस्पतालमै कोरोना संक्रमित महिलाले जन्माइन् स्वास्थ्य छोरी


पर्सा : वीरगन्जमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् ।

विहिवार राति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना भएकी महिलाले आज विहान छोरीको जन्म दिएकी हुन् ।

वीरगञ्ज महानगरपालिका १ छपकैया घर भएकी ३१ वर्षीया महिलाले अस्पतालमै बच्चा जन्माएको कोभिड अस्पताल गण्डकका डाक्टर उदय नारायण सिंहले बताए ।

उनका अनुसार आमा र छोरीको अवस्था सामान्य रहेको छ ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ