मुख्यमन्त्री राउतको प्रार्थना : बकरिद पर्वले कोरोना महामारीबाट मुक्ति दिलाओस्


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बकरिदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउनले शुभकामना सन्देश जारी गर्दै भिडभाड नगरी घरमै बकरिद मनाउन पनि अपिल गरेका हुन् । ‘इद-ऊल-अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु,’ जारी सन्देशमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गरेका छन् । कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उनले कामनासमेत गरेका हुन् ।

कोरोना महामारीले विश्व आक्रान्त बनेको बेला मनाइने यस पर्वले कोरोना महामारीबाट मुक्ति दिलाओस् भनी मुख्यमन्त्री राउतले प्रार्थना समेत गरेका छन् । शनिवार बकरिद पर्व मनाइनेछ ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ