कोरोनाले विराटनगर आक्रान्त, भोलीदेखि दुई साताका लागि लकडाउन घोषणा


मोरङ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा भोली (शनिबार)देखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्‍य हुनु परेको बताए । महानगरलाई सुरक्षित राख्‍नको लागि पुनस् लकडाउन गर्दे सबैलाई घरमै सुरक्षित बस्न उनले आग्रह समेत गरेका छन् ।

यस्तै जिल्ला कोभिड क्राइसिस म्‍यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ ।

आज मात्रै कोशी अस्पतालका थप तीन चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि पनि विभिन्न अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ