प्रदेश २ मा आज थपिए ५१ संक्रमित, नेपालमा १९ हजार ७७१ पुग्यो


जनकपुरधाम : नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हालसम्म ५ हजार ३१६ सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश २ मा ५१ संक्रमित थपिए

डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक जना, बाराका एक जना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एक जना र रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सप्तरीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ