पर्साका सांसद प्रदिप यादवमा कोरोना पुष्टि


जनकपुरधाम : जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साबाट निर्वाचित सांसद यादवले सामाजिक संजाल फेसबुकमार्फत आफु पिसिआर टेस्ट गराउंदा रिपोर्ट पोजेटिभ आएको बताएका हुन् । उनले स्वास्थ्यमा कुनै समस्या भने नदेखिएको भन्दै आफुलाई आइसुलेट गरेर अहिले आराम गरिरहेको उल्लेख गरेका छन् ।

उनले सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’

वीरगन्जका मेयर विजय कुमार सराबगीमा यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार ०६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ