कोरोनो कहर : बारामा आइतबारदेखि अनिश्चित कालका लागि कर्फ्यु


बारा : बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय भएको हो ।

स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आम नागरिकको जीवनरक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ