Breaking- सोमबारदेखि पर्साभर अनिश्चितकालीन निषेधाज्ञा


वीरगन्ज : सोमबारदेखि पर्सा जिल्लाभर लागूहुने गरी अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको र नयाँ संक्रमित थपिने क्रम निरन्तर बढिरहेकाले जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा कोरोनाको जोखिम झनै बढेका कारण अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको निषेधाज्ञा जारी गरिएको पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार जिल्ला सुरक्षा समितिको शनिबारको बैठकको निर्णयअनुसार सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर अर्को सूचना जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी गरिएको छ । ‌निषेधाज्ञा अवधिभर औषधोपचार र अतिआवश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरिएको उनको भनाई छ ।

यसअघि गएको १० साउनबाट वीरगन्ज महानगरपालिकामा मात्र लागू हुने गरी अर्को सूचना जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी भएको थियो । पर्सामा आज मात्रै दुई महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार २२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ