कोरोना कहर : ट्राफिक मुख्यालय सिल, एसएसपी पनि क्वारेन्टाइनमा


काठमाडौं : शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।

ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वारेन्टाइननमा बसेका हुन् ।  महाशाखाका प्रवक्ता वामदेव गौतमले कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसेको जानकारी दिए ।

उनीहरुको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ