Breaking- भारतमा कोरोनाबाट मन्त्रीकै ज्यान गयो


एजेन्सी : कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ ।

संक्रमणका कारण उत्तर प्रदेश  प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ । उनलाई  गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ