भारतका गृहमन्त्री अमित शाहलाई पनि समात्यो कोरोना


नयाँ दिल्ली : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

गृहमन्त्री शाहले आफै यसबारे पुष्टी गरेका छन् । आइतबार दिउँसो उनले आफ्नो ट्वीटर अकाउन्टमा आफुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् ।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु ।’

शाहले आफ्नो सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर स्वास्थ्य परिक्षण गराउन पनि आग्रह गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ