विराटनगरमा सात प्रहरीसहित १४ जना कोरोना संक्रमित थपिए


मोरङ : विराटनगर महानगरपालिकामा कोरोनाभाइरस कोभिड १९ का १४ जना नयाँ संक्रमित थपिएका छन्।

कोशी अस्पतालको ल्याबमा परीक्षण गरिएको पछिल्लो पीसीआर रिपोर्ट अनुसार २ जना महिला र ७ जना प्रहरीसँगै कुल १४ जना संक्रमित थपिएका हुन्।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले संक्रमित मध्ये ७ जनाको प्रहरी कार्यालयबाट, ५ जनाको महानगरपालिकाबाट र २ जनाको कोशी अस्पतालबाट स्वाब संकलन गरिएको जनाएको छ।

२४, २५, ३३, ३५, ३७, ४१, र ४२ वर्ष उमेर समूहका संक्रमित प्रहरीको ठेगाना प्रदेश १ प्रहरी कार्यालय रहेको बताइएको छ । त्यसैगरि, महानगरपालिकाले संकलन गरेको स्वाबबाट विराटनगर ७ की ३० र ३६ वर्षीया महिला रहेका छन्।

त्यसैगरि, सोही वडाका २५ र ४५ वर्षका उमेरका पुरुष पनि संक्रमित रहेका छन् । वडा नम्बर ६ बाट २४ वर्षीय पुरुष रहेका छन् । अर्कोतर्फ वडा नम्बर १४ र विराटनगर मोरंग मात्र ठेगाना जनाइएका दुई पुरुषको उमेर खुलेको छैन।

यससँगै हालसम्म महानगरपालिकामा १ सय ३४ जनामा संक्रमण भएको महाशाखाले जनाएको छ । लकडाउन खुला गरेपछिको अवस्थामा महानगरमा संक्रमित संख्या ७० जना पुग्दा ४१ जनाको ट्राभल हिष्ट्री नभएको महानगरको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार ११:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ