गाँजासहित दुई तस्कर पक्राउ


मोरङ : कटहरी गाउँपालिकाबाट तीन केजी गाँजासहित प्रहरीले दुई तस्करलाई पक्राउ गरेको छ ।

कटहरी–१ सिङगिया खोलानजिकबाट वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जाँचका क्रममा को २५ प ८०७४ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलाबाट गाँजा बरामद गरेको छ ।

प्रहरीले मोटरसाइकलसहित दुबैजनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानबहादुर राइले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ