जनकपुरधाम : निषेधाज्ञाको समयमा घरमै बस्न नगरबासीसँग मेयर साहको अपिल


जनकपुरधाम : जनकपुरधामका मेयर लालकिशोर साहले कोरोना संक्रमण नियन्त्रणका लागि सात दिनका लागि जारी गरिएको निषेधाज्ञाको समयमा घर बाहिर ननिस्किन नगरबासीसँग अनुरोध गरेका छन् ।

मेयर साहले सूचना जारी गरेर निषेधाज्ञाको मिति र समयमा आफ्नो प्यारो परिवारको सुरक्षाका निमित्त घरमा बसी दिन सम्पूर्ण नगरबासीमा अनुरोध गरेका हुन् । उनले देश विदेशमा पनि कोरोना भाइरसबाट संक्रमित सम्पूर्ण विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘महामारीको यस घडिमा व्यक्तिगत तथा आफ्नो परिवार र समाजको स्वास्थ्यलाई सर्वोपरी राख्दै आफ्नो कर्तव्य निर्वाह गर्न आवश्यक देखिन्छ, मेयर साहले जारी गरेको अपिलमा भनिएको छ, ‘तसर्थ यस विषम परिस्थ्तििमा सक्दो विभिन्न सुरक्षा सामग्रीहरुको प्रयोग तथा भौीतक दुरीको पालना गर्दै घरमा सुरक्षित रहन समेत आग्रह गर्दछौं ।’

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले आज मध्यरातबाट जनकपुरधाम उपमहानगरपालिकाभर सात दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय आईतवार नै निर्णय गरेको थियो ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ