गण्डक अस्पतालका सञ्‍चालक अन्सारीमा पनि कोरोना पुष्टि


जनकपुरधाम : पर्साको गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपाका वीरगञ्ज महानगरपालिका कमिटी अध्यक्ष समेत रहेका अन्सारीमा कोरोना संक्रमण पुष्टि भएको प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगरले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रहबरको रिपोर्ट पोजेटिभ आएको छ ।

पिसिआर परीक्षणका लागि अन्सारीले गत साउन १६ गते स्वाब दिएका थिए । अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ