प्रदेश २ मुख्यमन्त्री कार्यालयकै चार कर्मचारीलाई समात्यो कोरोना


जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राति आएको रिपोर्टअनुसार एक अधिकृत, २ सवारी चालक र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रका अनुसार चार जनामा कोरोना पुष्टि भएपछि उनीहरुको संम्पर्कमा बसेकाको आजै स्याब संकलन गरिएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएका सवारी चालक मुख्यमन्त्री कार्यालयकै सचिवको गाडी चलाउँदै आएका छन् । मुख्यमन्त्री कार्यालयकै कर्मचारीमा कोरोना पुष्टि भएपछि मधेस भवनमा विशेष सतर्कता अपनाइएको छ ।

यसअघि सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । जनकपुरमा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न आज मध्यराताट सात दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ । – थाहा खबर

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ