जनकपुर प्रादेशिक अस्पतालका दुई डाक्टरसहित १८ कर्मचारीमा कोरोना पुष्टि


जनकपुरधाम : सोमबार प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २ जना चिकित्सक, १ जना नर्स र बाँकी १५ जना स्वास्थ्यकर्मी, सफाई कर्मचारी र प्राविधिकहरु रहेका छन् । ३ दिन अगाडी आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको नतिजा गरी अस्पतालका १८ जना चिकित्सक र कर्मचारीहरु संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ ।

तीन अगाडी ४ जना स्वास्थ्यकर्मी तथा सोमबार १४ जनामा कोरोना संक्रमण पुष्टी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार संक्रमित सबै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सफाई कर्मचारी र प्राविधिकहरु आइसोलेसनमा छन् ।

सोमबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ देखि २४ सम्मका २४ देखि ४५ बर्ष उमेर समुहका ९ जना महिला र २२ देखि ६८ बर्ष उमेर समुहका १५ जना पुरुष गरि जम्मा २४ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसअघि पनि त्यस अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

– द नेपालटप

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ