विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु


मोरङ : विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन् । यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा धरानमा मृत्यु भएको थियो । 

यसअघि मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको यही साउन १४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको थियो ।

उनलाई त्यही दिन अपरान्ह विराटनगरमा ल्याइएको थियो । गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए । उनलाई सुरूबाटै प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो । तर उपचारकै क्रममा भेन्टिलेटरमा उनले ज्यान गुमाएका थिए ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ