महोत्तरीको एउटै नगरपालिकाका २५ कर्मचारीमा कोरोना पुष्टि


जनकपुरधाम : महोत्तरीको जलेश्वरनाथ नगरपालिकामा २५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका ५४ जनाको पिसिआर टेष्ट गरिएकोमा २५ जना कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले बताए । उनका अनुसार सोमवार महोत्तरीमा ३० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये २ जना सर्वसाधारण छन् । लोहारपट्टी नगरपालिकाका १ जना, नेपाली सेनाका १ जना र भंगहा नगरपालिकाका पनि १ जना छन् ।

प्रकाशित : २०७७ श्रावण १९, सोमबार २२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ