जनकपुरमा आजदेखि ७ दिनका लागि निषेधाज्ञा, सडकमा निस्किए कारवाही


जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ । 

निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहेको छ । केहि खाद्यान्न पसल पनि खुलेको छ । बजार सुनसान देखिएको छ ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ