सुनसरी : ‘नाउ’मा कोरोना पुष्टि भएपछि तीनवटा वडा ‘सिल’ गरियो


सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ ।

एकजना कपाल काट्ने नाउमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए । नाउले २ सयभन्दा बढीको कपाल काटेकाले कन्ट्रयाक्ट ट्रेसिङ गरि सबैको पहिचान गर्नका लागि वडा सिल गर्नुपरेको उनले बताए ।

सिल गरिएका वडाका सर्वसाधारणलाई हिँड्डुलमा समेत प्रतिबन्ध लगाइएको छ । सो ठाउँमा प्रहरी परिचालन भएका छन् ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ