बाराका एक पुरुषको क्वारेन्टाइनमै मृत्यु, कोरोना परिक्षण गरिने


चितवन : चितवनको खैरहनी नगरपालिकाको होम क्वारेन्टाइनमा रहेका बारा कलैयाका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका ६ स्थित केसी वोरा उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको हो । मृतक पुरुषको स्वाब संकलन गरी भरतपुर कोभिड–१९ प्रयोगशाला पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चिकित्सकका अनुसार मृतकमा कोरोना भाईरस सम्बन्धी कुनै लक्षण देखिएको थिएन ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ