कोरोनाको आशंकापछि अस्पताल भर्ना भएका पुरुषको मृत्यु


मोरङ : कोरोना भाइरसको संक्रमण आशंकापछि विराटनगरको कोशी अस्पतालमा भर्ना भएका एक पुरुषको मृत्यू भएको छ ।

मृत्यू हुनेमा उदयपुरको बेलका नगरपालिका १ का ५५ वर्षीय वेदप्रसाद न्यौपाने छन् । उनको मंगलबार बिहान करिब १ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनदाल दासले जानकारी दिए ।

न्यौपाने सोमबार राति अस्पताल भर्ना भएका थिए । उनलाई सुरुमा मोरङकैविराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिएको थियो । तर उनको पिसिआर परीक्षण नगराएका कारण अस्पतालले भर्ना लिएन । त्यसपछि उनलाई कोशी अस्पताल लगिएको थियो ।

कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृत्यु भएको बताइएको छ । मृतक न्यौपानेको कुनै ‘ट्राभल हिस्ट्री’ छैन ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार १२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ