धनुषाका प्रहरी प्रवक्ता कार्कीको सरुवा, शाहले गरे सम्मान तथा विदाइ


कुलदिप ‘प्रेम’ / जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीको सरुवा भएको छ । स्रोतका अनुसार उनको सरुवा काठमाडौं भएको हो ।

डिएसपी कार्कीलाई आज जनकपुरको रामानन्द चोकमा रहेको होटेल परफेक्ट प्लाजाका संचालक प्रदीप शाहले सम्मानका साथै बिदाई गरेका छन् । धनुषामा उल्लेखनीय काम गरेर जनताको मन जितेकाले सम्मान गरिएको होटल संचालक शाहको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ