जनकपुर : प्रादेशिक अस्पतालको आइसियु प्रमुख यादबले दिए राजीनामा


सिबेन्द्र रोहिता/ जनकपुरधाम : जनकपुर प्रादेशिक अस्पतालको आइसियु प्रमुख संजय यादबले राजीनामा दिएका छन् ।

अस्पतालको गैर जिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसियु प्रमुखको पदीय जिम्मेवारीबाट राजीनामा दिएको यादबले जनाएका हुन् । उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसियु खोल्न नसकेको र सिकिस्त कोरोना संकास्पद विरामीलाई पटक पटकको आग्रहको बाबजुद पनि जनरल आइसियुमा अन्य विरामीसँग राख्ने गरेको आरोप लगाएका छन् ।

यथेष्ट सुरक्षा बिना स्वास्थ्यकर्मीलाई दबाब सृजना गरी काम काजमा खटाइने गरेको खुलासा उनले गरेका छन् । सुरक्षा सामग्री बिना काम गराएकै कारण आइसियुमा मात्रै २ उपचारार्थ बिरामी, २ चिकित्सक, ८ स्टाप नर्स र सरसफाई कर्मचारीसहित १३ जना कोरोना संक्रमित बनेको उनको भनाई छ ।

हेर्नुस् फेसबुकमा यादबले लेखेको स्टाटस :

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १२:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ