औरहीमा कोरोना राहत अझै वितरण भएन, जसपाले मागे वडाध्यक्षसँग जवाफ


जनकपुरधाम : कोरोना पीडितका लागि प्रदेश सरकारले उपलब्ध गराएको दोस्रो चरणको राहत औरही गाउँपालिका वडा ५ ले हालसम्म वितरण नगरेको रहस्य खुलेको छ ।

जनता समाजवादी पार्टी औरहीका अध्यक्ष कमलदेव मण्डलसहितका व्यक्तिहरुले वडा नम्बर ५ का अध्यक्षसँग बुधवार सूचना मागेपछि यस्तो रहस्य खुलेको हो । हालसम्म राहत किन वितरण नगरेको भन्दै वडाध्यक्षसँग जवाफ माग गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ को बजेट नल्याएर वडामा विकासे कामकाज ठप्प पारेकोमा जसपाले आपत्ति जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ