‘उपचार नगरी विरामी फर्काउने अस्पताललाई कारबाही हुन्छ’


जनकपुरधाम : उपचार नगरी विरामी फर्काउने अस्पताललाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पर्साका सबै निजी अस्पताललाई पत्राचार गरेर उपचार गराउन आएका विरामीलाई फिर्ता नपठाउन निर्देशन दिएका छन् । जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका विरामीलाई चेकजाँच नै नगरी फिर्ता पठाउने गरेको गुनासो आएका कारण अब त्यस्तो गर्ने अस्पताललाई कारबाही गर्ने जनाएको छ ।

यस्तै निजी अस्पतालहरुलाई छुट्टै आइसोलेसन वार्डको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । ‘आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पताल रेफर गर्न लगाउने भनिएको छ ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ