कोरोना अस्पतालमा आगलागी, आठ संक्रमितको ज्यान गयो


एजेन्सी : भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।

गुजरातको अहमदाबादस्थित श्रेय अस्पतालमा आगलागी भएर आठ जना कोरोना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागि प्रयोग हुँदै आएको छ । आगो आईसीयू कक्षमा लागेको बताइएको छ ।

आगलागीमा परी एकजना पारा मेडिकल स्टाफ घाइते भएका छन् । आज बिहान साढे ३ बजे भएको आगलागी साढे ४ बजे आसपास नियन्त्रणमा लिइएको थियो । त्यस अस्पतालको आईसीयूमा १० जना संक्रमितको उपचार भइरहेको थियो ।

अन्य दुईजनालाई भने सुरक्षित स्थानमा सारिएको बताइएको छ । अस्पतालमा ४९ कोरोना बिरामीहरू उपचाररत रहेका समाचारमा जनाइएको छ । आगलागी पश्चात फोरेन्सिक विभागको टोली अनुसन्धानको लागि पुगेको छ ।

यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ