महोत्तरीमा अवैध उत्खनन, मध्यरातमा प्रहरीले समात्यो तीन वटा टिपर


महोत्तरी : कोरोना कहरको समयमा महोत्तरीमा अवैध रुपमा नदीनाला दोहन भइरहेको पाइएको छ ।

महोत्तरीको भंगहा नगरपालिकामा अवैध तरिकाले उतखन्न गरिरहेका बेला प्रहरी चौकी सितापुरले बुधबार राति ३ वटा टिपर नियन्त्रणमा लिएको हो । प्रहरीले ना. १ क. ८५४४ , ना. १ क. ९६१२ र ना. ८ ख. २०५४ नम्बरका ३ वटा टिपर नियन्त्रणमा लिएको छ । टिपर रमन कन्स्ट्रक्सनको रहेको बुझिएको छ । उक्त टिपर जनकपुर-जयनगर रेल्वे निर्माण कार्यका लागि प्रयोग हुँदै आएको प्रहरी चौकीले जनाएको छ ।

नियन्त्रणमा लिएको टिपरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको भंगहा चौकीका प्रहरी नायक निरीक्षक तेज बहादुर श्रेष्टले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ