Breaking- सिरहामा कोरोना संक्रमित एक युवकको मृत्यु


जनकपुरधाम : सिरहाका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

गोलबाजार नगरपालिकाका १२ का २१ वर्षीय युकको मृत्यु भएको हो । धरानस्तिथ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

उनका अनुसार मृतक ति युवक मुटुका विरामी थिए ‌। धरानबाट आज शव ल्याएपछि सेनाले व्यवस्थापन गरिने उनको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ