कोरोना कहर : जनकपुरमा निषेधाज्ञा, तर यस्तो भिडभाड (फोटोफिचर)


सिबेन्द्र रोहिता/ जनकपुरधाम : कोरोना भाइरसको संक्रमित तिब्र गतिमा फैलिन थालेपछि जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको चार दिन वित्दैछ । जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवारदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा बिना पासका सवारी साधन चलाएको पाएमा कारबाही हुने उल्लेख छ । तर जनकपुरमा निर्वाध रुपमा सवारी साधन गुडिरहेको छ । प्रहरीले हेरेर पनि कारबाही गरिरहेका छैन ।

कतिपयले बिना मास्क हिडडुल गर्छन् । ठाउँ ठाउँमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ला छ । हुन त निषेधाज्ञापछि बजारमा भिडभाड कम भएको छ । तर विहान खुल्ने पसल र बैंक तथा वित्तिय संस्थाहरुमा सर्वसधारणको भिड लाग्ने गरेको भएपनि सुरक्षा सतर्कता अपनाइएको छैन ।

निषेधाज्ञाको चौथो दिन यस्तो देखियो जनकपुर :

तस्विरहरु : सुनिल साह/ टुडेखोज

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ