प्रदेश २ : प्रहरी सहायक निरीक्षक सहनीलाई निलम्बन गरियो


जनकपुरधाम : प्रहरी आचरण विरुद्ध कार्यमा संलग्न रहेको भन्दै एक प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरिएको छ ।

सर्लाहीको मोहनपुरस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको हो । प्रहरी आचरण विरुद्धको कार्य गरेकाले उनलाई निलम्बन गरिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार निलम्बनमा परेका सहनीको दरबन्दी २ नम्बर प्रदेश प्रहरी गण गुल्म नम्बर ३ जनकपुरधाममा थियो ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ