काँग्रेस नेता र प्रहरी चौकीमा आक्राण : प्रहरीको गोलीले २ को मृत्यू, ११० जना पक्राउ


भारत बैंग्लोरको पूर्वी क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ । भिडले दुईवटा प्रहरी चौकी तथा एक कांग्रेस नेताको घरमा आक्रमण गरेको थियो । त्यसपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टको विरोधमा प्रदर्शन गर्दै आक्रोशितहरुको भिड प्रहरी चौकी पुगेको थियो । बैंग्लोरको डीगे हल्ली र केजी हल्ली क्षेत्रमा कर्फ्यू जारी गरिएको बैंग्लोरका प्रहरी अधिकारी कमल पन्तले बताएका छन् । अहिलेसम्म प्रहरीले ११० जनालाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्ति एक आफन्तले सामाजिक सञ्जालमा धार्मिक भावनामा ठेस पुग्ने आपत्तिजनक पोस्ट गरेको र त्यसको विरोधमा मंगलबार बेलुका ठूलो संख्यामा मानिसहरु भेला भएको जनाइएको छ ।

उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति विरुद्ध कारवाहीको माग गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्तिको नाम नविन रहेको र उनी कांग्रेस विधायकका भतिज रहेको प्रहरीले उल्लेख गरेको छ ।

कुनै विकल्प नभएपछि भिड नियन्त्रणका लागि गोली चलाएको प्रहरीको दाबी छ । कर्नाटकका गृह मन्त्री बसवराज बोम्मईले प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि गरेका छन् । यस्तै कांग्रेस विधायकले भिडियो सन्देश जारी गरेर मुसलमानसँग शान्ती कायम गर्न अपिल गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ