सिरहाका एक कामदार मलेसियामा मृत भेटिए, हत्या भएको आशंका


जनकपुरधाम : वैदेशिक रोजगारका लागि मलेसिया पुगेका सिरहाका एक कामदार मृत अवस्थामा फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ५ का अन्दाजी ४५ वर्षीय विन्देश्वर महतो मृत फेला परेका हुन् ।

आईतवार राति उनी मलेसियामा मृत फेला परेको भनेर घर परिवारलाई उनकै साथीले जानकारी गराएको कल्याणपुरका मुकेश यादबले जानकारी दिए । उनका अनुसार मृत फेला परेको तस्विर समेत मलेसियाबाट पठाएको छ ।

उनले टुडेखोजसँग भने, ‘मलेसियाबाट आएको जानकारी अनुसार उनको दुर्घटनामा मृत्यू भएको भनेर भन्दैछ । तर अवस्था हेर्दा हत्या भएको देखिन्छ । घटनाबारे मलेसियाका प्रहरी अनुसन्धान थालेको छ ।’

मलेसियामा सुरक्षा गार्डको रुपमा कार्यरत बिन्देश्वर साँझमै बेपत्ता भएका थिए । रातीमा डेरा नआएका उनी विहान मृत फेला परेको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ