कोरोना जितेका भारतीय गृहमन्त्री अमित शाह फेरी अस्पताल भर्ना


काठमाडौं : कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै दुईसाता आइसोलेसनमा बसेका शाह नेगेटिव रिपोर्ट आएपछि गतसाता अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

पछिल्लो तीन दिनयता उनको स्वास्थ्य केही जटिल बनेको थियो । यद्यपी‚ उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको उनको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

शाहको रेखदेखमा सहज हुने भएकाले घरबाट अस्पतालमा सार्ने निर्णय भएको समाचारमा जनाइएको छ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार ११:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ