चीनमा भिषण बाढी, लाखौं परिवारलाई सुरक्षित स्थानमा सारियो (भिडियोसहित)


चीनको सच्वान प्रान्तमा ठूलो बाढी आएपछि एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सन् १९४० को दशकपछिकै सबैभन्दा ठूलो ठानिएको बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा ठूलो मूर्तिको पैतलासम्म पुगेको छ । याङ्त्सी नदीको बहाब ७१ मिटर अग्लो उक्त मूर्तिको आसपास पुगे तल्लो तटीय क्षेत्र डुबानमा पर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्तिमा साधारण अवस्थामा नदीको वहाव निकै तल हुने गरेको गरेको बताइन्छ । तर, अहिले उक्त क्षेत्रमा ७० वर्ष यताकै सबैभन्दा नराम्रो बाढी आएपछि त्यस क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई समेत उद्धार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । तत्काल वर्षा रोकिने सम्भावना नभएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।

भिडियो हेर्नुस् –

https://www.youtube.com/watch?v=IK5yY3ApPh4
प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ