भारतका अर्का केन्द्रीय मन्त्री गजेन्द्र सिंहलाई पनि समात्यो कोरोना


नयाँ दिल्ली : भारतमा अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जलशक्ति मन्त्रालयका मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनले आफू संक्रमित भएको खबर ट्वीटर मार्फत जानकारी गराएका हुन् । कोरोनाको लक्षण देखिएपछि उनी केहिदिन अगाडी परीक्षण गराएका थिए ।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेशनमा बसी कोरोनाको जाँच गराउन समेत अनुरोध गरेका छन् । यसअघि भारतका गृहमन्त्री अमित शाहमा गत अगष्ट २ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ