जनकपुरका इन्जिनियर साहले पहिलो पटक कतारमै मनाए ‘चौरचन’


जनकपुरधाम : खाडी मुलुक दोहा कतारमा पनि मधेसीले चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् । जनकपुरधाम घर भई दोहा कतारमा बस्दै आएका इन्जिनियर विरेन्द्र साहका परिवारले चौरचन पर्व मनाएका हुन् ।

कतारमा यसअघि कसैले चौरचन पर्व मनाएका थिएन । इन्जिनियर साह श्रीमती र छोराछोरीसँगै विगत १४÷१५ वर्षदेखि कतारमा बस्तै आएका छन् । उनले शनिवार साँझ घरमै चन्द्रमाको विधिपूर्वक पूजापाठ गरी चौरचन पर्व मनाएको बताए ।

उनका अनुसार नरेश साह, पंकज ठाकुरलगायतका केहि व्यक्तिले पनि चौरचन पर्व कतारमै मनाएका छन् । उनले भने, ‘छठ पर्व विगत ५/६ वर्षदेखि कतारमा मधेसीले मनाउँदै आएका छन् । तर चौरचन पर्व पहिलो पटक हामीले यहाँ मनाएका छौं ।’

प्रकाशित : २०७७ भाद्र ७, आईतवार ११:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ