प्रदेश-२ मा कोरोनाबाट २४ घन्टामा आठजनाको मृत्यु


जनकपुरधाम : प्रदेश नम्बर-२ मा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् ।प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठजनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । साथै, सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा छ, सर्लाहीमा तीन, रौतहटमा छ, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ संक्रमित थपिएका हुन् । अब कुल संक्रमितको संख्या नौ हजार ५५१ पुगेको छ ।

सोमध्ये बिहीबार ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् । यसैबीच, यस प्रदेशअन्तर्गत् १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेसनमा तीन हजार ८६२ जना बसेका छन् ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार ०६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ