सुशान्त प्रकरण : अभिनेत्री रिया चक्रवर्तीका भाइ र म्यानेजर गिरफ्तार


बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले दुई जनालाई गिरफ्तार गरेको छ । अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई गिरफ्तार गरिएको हो ।

एनसीबीले ड्रग्सको लेनदेनका विषयमा दुबै जनालाई गिरफ्तार गरेको बताइएको छ । सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भने सीबीआईले गरिरहेको छ । सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो।

छानबिनका क्रममा ड्रग्सको कारोबारमा शौविक र सैमुएलको नाम समेत जोडिएपछि उनी दुबै जनालाई शुक्रबार बिहानै एनसीबीले गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनी दुवैको घरमा खानतलासी समेत एनसीबीको टोलीले नै गरिसकेको छ ।

एनसीबीले शौविक चक्रवर्तीको ल्यापटप र अन्य दस्तावेज सीज गरेको छ । सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृत भेटिएका थिए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ