भारतमा साढे ५ महिनादेखि बन्द रहेको मेट्रो रेल सेवा पनि खुल्यो


भारतको मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण झण्डै साढे पाँच महिनादेखि मेट्रो रेल सेवा बन्द रहेको थियो ।

कोरोना सङ्क्रमण बढिरहेका बेला प्रतिबन्धहरु हटाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको भारतले मेट्रो रेल सेवा पनि सुरु गरेको छ । यात्रुहरुले स्टेशनको प्रवेशद्वारमा स्यानिटाइजर लगाउने, ज्वरो नाप्ने, सम्भावित लक्षण हेर्ने जस्ता प्रक्रिया पूरा गरेर यात्रा सुरु गर्नुभन्दा १०÷१५ मिनेट अघि रेलमा बसिसक्नुपर्ने बताइएको छ ।

बीबीसीका अनुसार व्यक्तिगत दुरी कायम गर्नुपर्ने, सतह छुन नपाइने, मास्क लगाउनुपर्ने, साथमा स्यानिटाइजर हुनुपर्ने जस्ता व्यवस्थालाई कडाइका साथ पालना गर्ने गरी मेट्रो रेल सुरु भएको छ । भारतका सबै प्रान्तीय सरकारले आइतबारदेखि सुरु गरेर क्रमिक रुपमा सबै ठाउँका मेट्रो रेल सुरु गर्ने केन्द्रीय सरकारले जनाएको छ ।

कोरोनाका सङ्क्रमितको सङ्ख्याको आधारमा अहिले दोस्रो स्थानमा रहेको भारतमा ४२ लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्म ७१ हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ