मलेसियामा नेपाली युवक शाहलाई मृत्युदण्ड दिने अदालतको फैसला


टुडेखोज/ काठमाडौं : मलेसियमामा एक नेपालीलाई हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । मलेसियाका एक उच्च अदालतले ३६ वर्षीय नेपाली नागरिक सुरजदेव शाहलाई मृत्युदण्डको फैसला गरेको हो ।

शाहले ४ बर्ष अगाडी एक नेपाली नागरिककै ज्यान मारेको घटनामा दोषी ठहर गर्दै न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले मृत्युदण्डको फैसला सुनाएका छन् । मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत मृत्युदण्ड सुनाइएको बताइएको छ ।

शाहले २०१६, डिसेम्वर २ को बिहान १ः३० देखि ४ बजेर ५ मिनेटको समयमा ३४ वर्षीय नेपाली नागरिकको हत्या गरेको अदालतको ठहर छ । हत्या गरिएका व्यक्ति लरीका चालक थिए ।

मृत्युदण्ड सजाय पाएका शाहको पहिचान खुलाएको छैन ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ