भारत र चीनबीच पूर्वी लद्दाखमा फायरिङ, युद्धको संकेत !


जनकपुरधाम : भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ ।चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार सोमबार राति भारत–चीनबीचको विवादित पूर्वी लद्दाखमा भारतले चेतावनी फायरिङ गरे । त्यसपछि चीनले पनि जवाफी फायरिङ गरेको छ ।

सीमा पार गरेर भारतीय सेनाले फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । भारतीय समाचार एजेन्सी एएनआइले पनि पूर्वी लद्दाख सीमामा फायरिङ भएको उल्लेख गरेको छ । तर पहिले कसले फायरिङ गरेको कुरा उल्लेख गरेका छैन ।

चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत-चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको दावी गरेका छन् ।

चीनले यो उल्लंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको बताउँदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।

यता, भारतले चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट ५ जना नागरिकहरूलाई कब्जामा लिएको दाबी गरेको छ । भारतीय ५ नागरिकलाई चिनियाँ सेनाले कब्जामा लिएकै आक्रोसमा भारतीय सेनाले फायरिङ गरेको हुनसक्ने बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ