संसारभर कोरोना भाइरसबाट ८ लाख ८१ हजार बढीको ज्यान गयो


हालसम्म विश्वका २१६ देशमा फैलिसकेको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ८१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका ४ हजार ८ सय २० सहित कोरोनाका कारण हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ८ लाख ८१ हजार ४ सय ६४ पुगेको हो । हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६ सय १७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ४ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ । दैनिक दुईलाख भन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढ्दो छ । संक्रमित हुनेहरुमा सबैभन्दा बढी अमेरिका, भारत र ब्राजिलमा रहेका छन् ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ