भारतमा कोरोनाको भयावह रुप : एकैदिन थपिए ९६ हजार संक्रमित


एजेन्सी : भारतमा एकैदिनमा झण्डै ९६ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा २४ घण्टामा कुल ९५ हजार ७३५ संक्रमित भेटिएका हुन् ।

एकैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरूले बताएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । अरू ३४ लाख ७१ हजार ७८४ जना भने कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ