भारतीय क्रिकेटर युवराज सिंह : किन सन्यास फिर्ता लिए ?


एजेन्सी : भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । पञ्जाब क्रिकेट संघ (पीसीए)को आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।

गत बर्ष जुनमा सिंहले क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यास लिएको घोषणा गरेका थिए । पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।

सचिव बालीका अनुसार सिंहले सन्यास फिर्ताबारे बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई पनि पत्र लेखिसकेका छन् । सन्यासको निर्णयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ